Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

  • आइतवार, पौष ८ २०८०

  • 1.2K
    SHARES

  • सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
    काठमाडौं । सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।
     
    जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी रहेको छ । लामो समयदेखि अदालतमा अड्किएको यो मुद्दामा आज भएको सुनुवाइ नसकिएपछि यो हेर्दा हेर्दैमा राखिएको हो ।
     
    न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आज पहिला पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।
     
    सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ । पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् ।
     
    मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपको मुद्दाले किनारा पाउनेछ ।


    आइतवार, पौष ८ २०८००४:५१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij