काठमाडौं। कोरोना संक्रमणवाट थप ३ जनाको मृत्युु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धको आज शुक्रवार बिहान मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–३ बुद्धचोकका ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रबन्ध नारायण दाहालले जानकारी दिनुुभयो ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि हिजोे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा आज ज्यान गएको दाहालको भनाइ छ।
यसैबिच , बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका २ का ६७ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुुभएको छ ।उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए ।
यता, भक्तपुरको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमिमा संक्रमित महिलाको मृत्यु भएको छ ।
अस्पताल प्रशासन प्रमुख रुपेश श्रेष्ठका अनुसार भक्तपुर नगरपालिका–८ लिवालीकी ७४ वर्षीया महिलाको उपचारकै क्रममा हिजो साँझ मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर बुधबार अस्पताल भर्ना भएकी ती महिलाको पीसीआर परीक्षण गर्दा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो