काठमाडौं । गण्डकी प्रदेशमा आज बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् ।
नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यसैगरी अन्य संक्रमितमा बागलुङका सात,तनहुँका छ ,गोरखाका पाँच र लमजुङका तीन जना छन् । योसंगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ ।
यसैगरी, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड (१९ ल्यावमा गरिएको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् ।