Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटियो

भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटियो

  • बुधवार, पौष ४ २०८०

  • 1.2K
    SHARES

  • भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटियो

    काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट जेएन १ भेटिएको छ । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ने मंगलवार कोभिड १९ को नयाँ भेरिएन्ट जेएन १ (भेरिएन्ट अफ इन्टरेस्ट) पुष्टि भएको जनाएको छ ।

    समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै नरहेको बताइएको छ ।

    जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका एक भाइरोलोजिस्ट एन्ड्र्यु पेकोजले संक्रमण धेरै फैलिए पनि स्वास्थ्यमा गम्भीर खतरा कम रहेको बताए ।

    डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो अमेरिका सबभेरिएन्ट बीए २.८६ को वंशज हो ।

    विश्व स्वास्थ्य संगठनको अनुसार नयाँ भेरिएन्टको संक्रमण ज्वरो, नाक बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, र पेट दुख्ने र पखाला जस्ता लक्षण देखिन्छन् ।

    कोरोना भाइरसले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सर्तक हुनुपर्ने जनस्वास्थ्य विज्ञ बताउँछन् ।


    बुधवार, पौष ४ २०८००२:१०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij