Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

  • बुधवार, पौष ४ २०८०

  • 894
    SHARES

  • सार्वजनिक लेखा समितिका सभापतिको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

    काठमाडौं । सांसद गगन थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताउनुभएको छ ।

    सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

    उहाँले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्ड्मुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ । तर हाम्रो छलफल त पूर्व तयारीअनुसार भएको हो। एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’

    सांसद थापाले यस्ता विषयमा अलि लामो समय राखेर छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।


    बुधवार, पौष ४ २०८००१:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij