Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा हरियाली, कति पुग्यो कारोबार ?

सेयर बजारमा हरियाली, कति पुग्यो कारोबार ?

  • मंगलवार, पौष ३ २०८०

  • 821
    SHARES

  • सेयर बजारमा हरियाली, कति पुग्यो कारोबार ?

    काठमाडौं।सेयर बजार मापक परिसूचक नेप्से आज ४५.९५ अंकले बढेको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से २.२३ प्रतिशतले बढ्दा २१०६.४८ को विन्दुमा पुगेको छ।

    हिजो नेप्से ३८.१४ अंकले बढ्दा २०६०.४९ को विन्दुमा कायम भएको थियो।आइतबार नेप्से २७.७५ अंकले बढेको थियो।आज १३ वटै उपसमूहको समूहगत सूचक उकालो लागेको छ।

    ३१३ धितोपत्रका एक करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजा १७५मा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

    कुल १८३ कम्पनीको सेयर मूल्य बढेको छ। ५३ कम्पनीको सेयर मूल्य घटेको छ। नौ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्केम–२ को सेयर मूल्य सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ।


    मंगलवार, पौष ३ २०८००४:४७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij