Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एनसेल प्रकरणः सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

एनसेल प्रकरणः सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

  • मंगलवार, पौष ३ २०८०

  • 1.0K
    SHARES

  • एनसेल प्रकरणः सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं। सर्वोच्च अदालतले एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ। प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार अमरेश सिंहले गत मंसिर २० गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले यस्तो आदेश दिनु भएको हो।

    न्यायाधीश राउतको एकल इजलासले रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि पुस १६ गते बोलाउने आदेश दिएको हो।सांसद सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्चमा रिट दिनुभएको थियो।

    रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरिएको छ। नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ।

    आजियाटा र स्पेक्ट्रलाइट यूके लिमिटेडबीच कारोबार अपारदर्शी भएको र एनसेलको अनुमतिपत्र रहुञ्जेलसम्म आजियाटाले एनसेलको आम्दानी लैजाने गरी सेयर खरिदबिक्रीको सम्झौता भएको दाबी रिट निवेदनमा गरिएको छ।

    एनसेल कम्पनीको सेयरबिक्रीमा विधिको शासनलाई चुनौती भएको उल्लेख गर्दै रिटमा अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको जिकिर गरिएको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वनजिक भएपछि विवाद सुरू भएको छ।


    मंगलवार, पौष ३ २०८००३:४८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij