Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १४ जनाको मृत्यु

  • बिहिवार, आश्विन २९ २०७७

  • 927
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १४ जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो पटक थप १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १ मा आठ जना, रुपन्देही र अर्घाखाँचीका दुई र काभ्रेका दुई तथा ललितपुर र बागलुङका एक–एक जना रहेका छन् । संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो ।

    यस्तै रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।
    यसैगरी, कोरोना संक्रमण पुष्टि भएका बनेपाका २ जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत दुई जनाको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

    यता, ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुुभयो ।

    उता, बागलुङमा एक जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको अस्पतालले जनाएको छ ।


    बिहिवार, आश्विन २९ २०७७०१:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij