Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले र जनजातिबिचको सम्बन्धमा दुरि ल्याउने प्रयास भइरहेको छः विष्णु रिजाल

एमाले र जनजातिबिचको सम्बन्धमा दुरि ल्याउने प्रयास भइरहेको छः विष्णु रिजाल

  • शनिवार, मंसिर ३० २०८०

  • 537
    SHARES

  • एमाले र जनजातिबिचको सम्बन्धमा दुरि ल्याउने प्रयास भइरहेको छः विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीले सुरु गरेको संकल्प यात्रालाई बिथोल्न र गलत ढंगले प्रचार गर्न खोज्ने प्रवृति सुरुदेखि नै हावी भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले एमालेलाई बदनाम र विकृत गर्ने अनेक प्रयास भइरहेको स्प्ष्ट पार्दै कुनै समूदाय विषेशसंग एमालेको दुरि बढाउन सकिन्छ की भन्नेखालका विभिन्न हर्कत भइरहेको जिकीर गर्नुभयो ।

    यस्तै नेता रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा हातपातको प्रयास पनि त्यहि विभिन्न हर्कत अन्तर्गत लिएको बताउनुभयो ।
    आफूहरुमाथि भएको प्रहारलाई सामान्य शिलशीलाको रुपमा लिएको नेता रिजालको भनाइ छ ।

    कोशी प्रदेशको नामाकरणको सन्दर्भमा सुरुदेखि नै त्यहाँका बासिन्दा, आदिबासी र जनजाती जति पनि बस्दै आइरहेका छन् सबैको साझा नामको विषयमा जानुपर्छ भन्ने आफूहरुको धारणा रहेको स्मरण गराउँदै नेता रिजालले साझा नाम नै कोशी भएको बताउनुभयो ।

    कोशी प्रदेशको नामाकरण अन्य ठाउँबाट ल्याइएको नभएकाले त्यहाँ बसोबास गर्ने जनताहरुको एकीकृत रुप र साझ नदी भएकोमा जोड दिनुभयो । यस्तै एमाले एक्लैले नामाकरण गरेको नभई नेपाली कांग्रेस, माओवादी केन्द्र पनि सहमत भएको बताउँदै अहिले एमालेविरुद्ध प्रहार गर्नका लागि कांग्रेस र माओवादीले उकासेर केहि कथित पहिचानवादी भन्नेहरुलाई जसरी उदृत बनाएका छन् यसले सोहि उकास्नेलाई पनि असर गर्ने नेता रिजालको भनाइ छ । नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको आज १७औँ दिन हो ।


    शनिवार, मंसिर ३० २०८००८:३८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij