Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनाताले पार्टी विशेषलाई निशाना बनाउन हुँदैन: देवेन्द्र पौडेल

जनाताले पार्टी विशेषलाई निशाना बनाउन हुँदैन: देवेन्द्र पौडेल

‘एनसेल प्रकरणमा बिना प्रमाण बोल्नु सान्दर्भिक होइन’
  • शुक्रवार, मंसिर २९ २०८०

  • 477
    SHARES

  • जनाताले पार्टी विशेषलाई निशाना बनाउन हुँदैन: देवेन्द्र पौडेल

    काठमाडौं । नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले जनाताले पार्टी विशेषलाई निशाना बनाउन नहुने बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहनुभएका पौडेलले संघीय लोकतान्त्रीक गणतन्त्र त्यसमध्ये पनि समाबेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको प्रणाली भनिरहेको अवस्थामा आवश्यक परे संविधान शंसोधन गरि अगाडि बढ्ने कुरामा प्रतिवद्ध रहेको स्पष्ट पार्दै कुनै पनि प्रकारका अशोभनीय र हिंसात्मक प्रकृतिका गतिविधीहरु नगर्न आग्रह गर्नुभयो ।

    यस्तै नेता पौडेलले वार्ता, संवाद, सहमतिद्वारा दवाव सिर्जना गरेर सम्बन्धित समूदायका हक अधिकारहरु सुनिश्चित गर्नु आजको संविधान र लोकतान्त्रिक प्रणालीको मूल प्रवाह भएकाले यहि बाटोबाट अगाडि बढ्न सम्बन्धित पक्षसंग आग्रह गर्नुभयो । यस्तै पार्टी विशेष लक्षित नगर्न उहाँले सबैमा आग्रह समेत गर्नुभयो ।

    हिजो धनकुटामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात प्रयास भएको थियो । पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत धनकुटा पुग्नुभएका ओलीमाथि हातपात प्रयास भएको हो ।

    यस्तै एनसेल शेयर खरिद विक्री प्रकरणमा नेता पौडेलले बाहिर आइरहेका हल्ला प्रचार र चर्चालाई पुष्टि गर्न सबै पक्षसंग अनुरोध गर्नुभएको छ ।
    बिना तथ्य र बिना प्रमाणका कुराहरु फैलाउनुभन्दा प्रमाणसहित बोल्न र देखाउन आग्रह गर्दै नेता पौडेलले बिना प्रमाण बोल्नु सान्दर्भिक नहुने पष्ट पार्नुभयो ।

    एनसेलको सेयर खरिद–बिक्रीको विषयमा अनुसन्धान गर्न सरकारले उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । समितिले यतिबेला एनसेनसँग सरोकार राख्ने विभिन्न नियामक निकायहरूसँग दर्ता प्रक्रियादेखि हालसम्मका सम्पूर्ण कागजात र विवरण मागे गरि अनुसन्धान र छानविन गरिरहेको छ ।


    शुक्रवार, मंसिर २९ २०८००८:३१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij