Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अन्तर विद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

अन्तर विद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

  • शुक्रवार, मंसिर २९ २०८०

  • 1.4K
    SHARES

  • अन्तर विद्यालय नृत्य प्रतियोगितामा इलेन मेमोरियल प्रथम

    काठमाडौं । सिर्जनशील शिक्षा उद्यमी मञ्च (सेफ)ले आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगितामा नागार्जुन ५ सितापाइलामा रहेको इलेन मेमोरियल स्कुलले प्रथम स्थान हासिल गरेको छ।

    प्रतियोगितामा सेफसंग आबद्ध २५ बिद्यालयमध्य १६ बिद्यालयहरु सहभागी रहेका थिए। उक्त प्रतियोगितामा बुद्धज्योती एकेडेमी दोस्रो स्थान, रेडियन्ट स्कुल तेस्रो स्थान, फ्युचरस्टार इङ्लिस स्कुल चौथो स्थान र जनज्योति इङ्लिस सेकेन्डरी स्कुलले पँचौ स्थान हात पारे। नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार, चौथो र पाँचौं स्थान हासिल गर्नेलाई प्रोत्साहन स्वरुप ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

    सेफका अध्यक्ष तथा प्याब्सनका केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद आचार्य, प्याब्सनका अर्का केन्द्रिय उपाध्यक्ष इश्वर बहादुर गुरुङ, प्याब्सनका केन्द्रिय सचीव पुरुषोत्तम अधिकारी, प्याब्सन प्रदेश सहसचिव जीवन पन्त, प्याब्सन काठमाडौ जिल्ला अध्यक्ष प्रेम राई, जिल्ला सहकोषाध्यक्ष डिएन अधिकारी, सेफका उपाध्यक्ष ऋषि प्रसाद न्यौपाने, सेफका कोषाध्यक्ष राजेन्द्र अधिकारी, इआइसीका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, इलेन मेमोरिलय स्कुलका प्राचार्य जयराम चापागाईं, इआइसीका प्राचार्य केबि चित्रकार, नेशनल प्याब्सनका केन्द्रिय सदस्य मनोज श्रेष्ठ, लगाएत विभिन्म स्कुल र कलेजका प्राचार्य तथा शिक्षकहरु अतिथिको रुपमा सहभागी हुनु भएको थियो।

    प्रतियोगितामा निर्णायकको रुपमा पद्मकन्या बहुमुखी क्याम्पसमा बिगत २० बर्ष देखि नृत्य सिकाइरहनुभएका नृत्य शिक्षक अर्चना शाक्य, नृत्य शिक्षक सुलोचना गोपालि रहनु भएको थियो।

    नृत्य प्रतियोगिताको औपचारिक कार्यक्रममा जुबिलियन्ट कलेजका प्राचार्य तथा सेफका उपाध्यक्ष ऋषि न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको । उहाँले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न, हाम्रो संस्कृतिको जगेर्ना गर्न र नयाँ कुराको सिर्जना गर्न नृत्य प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।


    शुक्रवार, मंसिर २९ २०८००८:१०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij