Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनआरएनएको विवाद समाधानमा भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह

एनआरएनएको विवाद समाधानमा भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह

  • बिहिवार, मंसिर २८ २०८०

  • 646
    SHARES

  • एनआरएनएको विवाद समाधानमा भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह

    काठमाडौं। गैर आबासीय नेपाली संघ (एनआरएनए)को बद्रि केसी समुहले निबर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठलाई संस्था भित्रको बिबाद मिलाउन सहयोग गरिदिन अनुरोध गरेको छ। बेलायतबाट जापान पुगेका केसी समुहका उपाध्यक्ष डा हेमराज शर्मा, उपाध्यक्ष रविन शेरचन, रोशन थापा लगायतले निर्वाचनमा भएको कमजोरी र धादलीको सत्य तथ्य छानबिन गरेर संस्थालाई एकजुट बनाउन अग्रसरता लिन श्रेष्ठलाई आग्रह गरेका हुन ।

    श्रेष्ठले बेलायत देखि आफु बासोबास गर्ने देशमा आएका पूर्व सहकर्मि डा शर्मा लगायतका साथीहरुसँग भेट भएको र सो भेटमा संस्था भित्र बढ्दै गएको बिग्रहका बारेमा छलफल भएको बताउनु भयो। अनलाइन निर्वाचनमा धादली गर्नेहरुलाई आम गैर आबासीय नेपालीले चिन्नु आबस्यक रहेकोले छानबिन गरी दोषिलाई कार्यबाही गरेर संघको अभियानलाई बिश्वाशिलो बनाउन आबस्यक रहेको धारणा आफुले राखेको श्रेष्ठले जानकारी गराउनु भएको छ ।

    गत अक्टोबर महिनामा भएको निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै अध्यक्ष पदका उम्मेद्वार महेश श्रेष्ठ र राजेन्द्र कुमार शर्माले एउटा समिती बनाएका छन् भने बद्रि केसी समुहले निर्वाचन आफुले जितेको भनेर छुट्टै समिती बनाएर गतिबिधी गर्दै आएको छ ।

    नेपाल प्रहरिको अनुसंधान ब्युरो सिआइबिले गरेको छानबिनमा पनि अनलाइन निर्वाचनमा धाँदली भएको प्रमाणित भएकोले त्यसको बिस्तृत विवरण निर्वाचन गराउने कम्पनिले दिनु पर्ने रिपोर्ट गृह र परराष्ट्र मन्त्रालयलाई दिएको छ । एनआरएनए एनसिसीहरुले पनि अनलाइन निर्वाचनमा भएको त्रुटी सच्याएर छिट्टो संस्थालाई एकताबद्ध बनाएर गतिशिल बनाउनु पर्ने आवाज उठाउदै आएका छन् ।

     


    बिहिवार, मंसिर २८ २०८००८:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij