Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अमरेशकुमार सिंहले मन्त्री पद नपाएपछि प्रधानमन्त्रीको विरोध र आलोचना गरेको माओवादी नेता सापकोटाको आरोप

अमरेशकुमार सिंहले मन्त्री पद नपाएपछि प्रधानमन्त्रीको विरोध र आलोचना गरेको माओवादी नेता सापकोटाको आरोप

  • बिहिवार, मंसिर २८ २०८०

  • 542
    SHARES

  • अमरेशकुमार सिंहले मन्त्री पद नपाएपछि प्रधानमन्त्रीको विरोध र आलोचना गरेको माओवादी नेता सापकोटाको आरोप

    काठमाडौं । माओवादी केन्द्रका नेता माधव सापकोटाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको विषयलाई लिएर बहस गर्नु भनेको समयको बर्बादी मात्रै भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सापकोटाले सांसद सिंहले प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उहाँकी छोरी गंगा दाहाललाई लगाएको आरोप सरासर गलत भएको दाबी गर्नुभयो ।

    सांसद सिंहले प्रधानमन्त्रीसंग मन्त्रीको बार्गेनिङमा भएको र विविध कारणले आफूले मागेको पद नपाएपछि विभिन्न ढंगबाट प्रधानमन्त्री प्रचण्डको विरोध र आलोचना गरिरहेको आरोप लगाउनुभयो ।

    नेपाली राजनीतिमा विकृतीको नमुनाका रुपमा सांसद सिंह प्रस्तुत भइरहेको समेत बताउनुभयो । यस्तै अहिलेको निर्लज्जतालाई छाडेर नैतिक धरातलमा उभिन आग्रह समेत गर्नुभयो ।

    सांसद सिंहले पछिल्लो समय भएको एनसेल खरिदबिक्री प्रकरणमा सरकारमै सामेल व्यक्तिहरुको मिलेमतो रहेको बताउँदै सिंहले आवश्यक परे प्रमाण पेश गर्नेसम्मको चेतावनी दिनुभएको छ सांसुद सिहंले प्रधानमन्त्री प्रचण्डको अकुत सम्पत्तिबारे प्रश्न गर्नुभएको छ ।


    हिजोको अवस्थामा निकै कमजोर धरातलबाट आएका प्रचण्ड परिवारको अहिलेको विलासिता ढाहा लाग्दो रहेको उहाँको भनाइ छ ।


    बिहिवार, मंसिर २८ २०८०१०:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij