Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु

  • बिहिवार, आश्विन २९ २०७७

  • 985
    SHARES

  • कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणबाट थप ४ जनाको मृत्युु भएको छ । सुनसरीमा होम आइसोलेसनमा रहेका धरान–१५ देवकोटा चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार ६१ वर्षीय ती व्यक्तिको तीन वर्षअघि मुटुको अपरेसन गरिएको थियो ।

    राति गाह्रो भएपछि बीपी प्रतिष्ठानको कोभिड अस्पताल लैजान खोज्दा त्यहाँ आईसीयू बेड अभाव भएको र घरमै अक्सिजन लगाई उपचार भईरहेका वेला उनको उनको मृत्यु भएको हो

    यसैगरी ,तेह्रथुमका ४९ वर्षीय एक संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्षमा गयराति मृत्यु भएको छ ।

    प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले असोज २६ गते रिफर गरेको थियो । योसँगै प्रतिष्ठानमा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    यसैबिच, ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुुभयो ।

    उनलाई यही असोज २० गते भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।

    उता, बागलुङमा एक जना पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । बागलुङ नगरपालिका–२ का ७७ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको हो ।

    उच्च रक्तचाप र मुटुको समस्या रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत आइतवार थप उपचारको लागि पोखरा लगिएको थियो । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

     


    बिहिवार, आश्विन २९ २०७७१०:२१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij