काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहको बैठक आज बस्दैछ । आजको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक हिजोको लागि बोलाउनुभएको थियो तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको सहमति भएको थियो ।
शेखर र गगनबीच हिजो अर्जुननरसिंह केसीको घरमा संवाद भएर दुवैको सहमतीमा बैठक आजका लागि तय गरिएको हो । बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा बस्ने छ ।
आजको बैठकमा शुक्रबार बस्ने केन्द्रीय सम्पादनको बैठकमा कसरी प्रस्तुत हुने लगायत बारेमा छलफल हुने नेता रामकृष्ण यादवले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले महासमितीको बैठक, संसद बैठक र पार्टीभित्र देखिएका समस्याहरुलगायतका बारेमा पनि विस्तृत छलफल हुने बताउनुभयो । कांग्रेसले महासमितिको बैठक तेस्रो पटक सार्ने तयारी गरेको छ ।