Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सुनसरी र चितवनमा थपिए १ सय ८१ जना कोरोना संक्रमित

सुनसरी र चितवनमा थपिए १ सय ८१ जना कोरोना संक्रमित

  • बिहिवार, आश्विन २९ २०७७

  • 732
    SHARES

  • सुनसरी र चितवनमा थपिए १ सय ८१ जना कोरोना संक्रमित

    काठमाडौं । धरान र चितवनमा १ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानमा थप १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६ सय १२ पुगेको छ।

    यसैगरी, चितवनमा थप ५९ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आएको थप नतिजामा ५९ जनामा पोजेटीभ देखिएको हो।

    संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिका रहेका छन्। भरतपुरमा १९ जना पुरुष र ११ जना महिलामा कोभिड पोजेटीभ देखिएको हो।

     


    बिहिवार, आश्विन २९ २०७७०८:१६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij