Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images
खासखबर

एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको स्वतन्त्र सांसद सिंहको दाबी, प्रमाण पेश गर्न नसके चुनौति

एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको स्वतन्त्र सांसद सिंहको दाबी, प्रमाण पेश गर्न नसके चुनौति

प्रमाणसहित भिड्न माओवादी नेताहरुको चेतावनी 
  • मंगलवार, मंसिर २६ २०८०

  • 839
    SHARES

  • एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको स्वतन्त्र सांसद सिंहको दाबी, प्रमाण पेश गर्न नसके चुनौति

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफ्नो राजनीतिक इतिहासमा ठूलो चुनौति उठाउनुभएको छ । पछिल्लो समय भएको एनसेल खरिदबिक्री प्रकरणमा सरकारमै सामेल व्यक्तिहरुको मिलेमतो रहेको बताउँदै सिंहले आवश्यक परे प्रमाण पेश गर्नेसम्मको चेतावनी दिनुभएको छ । लामो समय देखि यो देशमा नेता र तिनका परिवारहरुले भ्रष्टाचार गर्दै आएको बताउँदै स्वतन्त्र सांसुद सिहंले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अकुत सम्पत्तिबारे प्रश्न गर्नुभएको छ । हिजोको अवस्थामा निकै कमजोर धरातलबाट आएका प्रचण्ड परिवारको अहिलेको विलासिता ढाहा लाग्दो रहेको उहाँको भनाइ छ।

    एनसेल नेपाल प्रवेश गरेदेखिनै सधैँ विवादमा रह्यो । यसबाट विभिन्न दल र तिनका नेताहरुले लाभ लिएको आरोप समेत लाग्ने गरेको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिइ खरिदबिक्री हुँदा समेत सरकारले गतिलो निर्णय लिन सकेको छैन । आगामी चार वर्षमा सरकारकै स्वामित्वमा आउने यो कम्पनीले कर छली गर्न र लामो समय मूनाफा लिनका लागि चलाखी गरेको धेरैको बुझाइ रहेको छ । राजनीतिक विश्लेषक प्राडा गोविन्दमान सिंह कार्कीले स्वतन्त्र सांसद सिंहले लामो समयदेखि यो मुद्धा उठाउँदै आएको भन्दै कहीँ न कहीँ गलत भएकोले सरकार मौन भएको बताउनुभएको छ । यो देशमा ठूला–ठूला काण्डहरु पचेको स्मरण गर्दै उहाँले एनसेलमा त्यस्तो हुन नदिन सबैलाई आह्वान समेत गर्नुभयो ।

    अमरेश आक्रामक भएर उत्रिएपछि माओवादी नेता, कार्यकर्ताहरुले अध्यक्ष प्रचण्डको बचाऊ गर्दै आएका छन् । यद्यपि गलत भएको भए जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने उनीहरुको धारणा छ । सांसद लेखनाथ दाहाल राजनले एनसेलबाट बदमासी भएको बताउँदै समितिले अनुसन्धान गरिरहेको प्रष्ट पार्नुभयो ।

    मुलुकको धमिलो राजनीतिमाथि पटकपटक माछा मार्ने काम भइरहेको पाइन्छ । यो सत्तापक्षबाट होस् वा प्रतिपक्षबाट । जहिले पनि पीडामा पर्ने जनतामात्रै हुन् । अहिले त झन् नेताहरु विलासी जनताहरु गरिब बन्दै गएका छन् । भएभरको जनशक्ति विदेशिदै छ, वृद्धवृद्धा र बालबालिका मात्रै यहाँ भेटिन्छन् । यी र यस्तै काण्डहरुका कारण दिनप्रतिदिन निराशा छाउँदै गएको छ।


    मंगलवार, मंसिर २६ २०८००७:३६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij