Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि २९ मंसिरमा संसदीय सुनुवाइ हुने

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि २९ मंसिरमा संसदीय सुनुवाइ हुने

  • आइतवार, मंसिर २४ २०८०

  • 583
    SHARES

  • सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशमाथि २९ मंसिरमा संसदीय सुनुवाइ हुने
    काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशमाथि आउँदो मङ्सिर २९ गते संसदीय सुनुवाइ हुने भएको छ । आइतबार(आज) बसेको संसदीय सुनुवाइ समितिमा १० जना उजुरीकर्तासँग समितिले छलफल गरेको छ ।
     
    उजुरीकर्तालाई समितिमा बोलाएर उनीहरूले प्रस्तावित सर्वोच्चका न्यायाधीश विरुद्ध उजुरी गर्नुको कारण र आधार समितिले मागेको छ ।
     
    सर्वोच्चमा प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीविरुद्ध सबैभन्दा धेरै ५ वटा उजुरी परेको छ । यस्तै टेकप्रसाद ढुङ्गानाविरुद्ध ३ वटा र अर्का प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमान विरुद्ध १ वटा उजुरी परेको छ ।
     
    अन्य प्रस्तावित न्यायाधीशहरू सुनिल पोखरेल, महेश शर्मा पौड्याल र बालकृष्ण ढकालविरुद्ध भने उजुरी परेको छैन । सुनुवाइ समितिमा ज्येष्ठ सदस्यको रूपमा सभापतिको भूमिकामा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले सुनुवाइ समितिको बैठक मङ्सिर १९ गते बस्ने बताउनुभएको छ । 
     
    न्यायपरिषद्को ५ मंसिरमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । उनीहरूको संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।
     


    आइतवार, मंसिर २४ २०८००४:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij