काठमाडौं। सेयर बजार परिसुचक नेप्से आज पनि राताम्मे भएको छ। सेयर बजारमा विगत केही दिनदेखी जारी ओरालो लाग्ने क्रम आज पनि निरन्तर जारी रह्यो। जसअनुसार आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेप्से परिसूचक आज १०.१० अंकले घटेर १८३७.७१ विन्दुमा पुगेको छ। दिनभर २९२ स्क्रिप्टको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर ३८ हजार ५८४ पटकको कारोबारमा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सिंगटी हाइड्रो इनर्जीको सेयर १० प्रतिशतले बढ्यो।यसैगरी सिभिल बैंक डिबेन्चर २०८८ को ७.३६,सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को ४.२९,माहुली लघुवित्त संस्थाको ३.९२ र सेन्चुरी डिवेन्चर २०८८ को ३.६२ प्रतिशतले मूल्य बढेको हो।
यसदिन बिशाल बजार कम्पनीको मूल्य ९.५३ प्रतिशतले घट्यो। माउन्टेन इनर्जी नेपाल र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ८ प्रतिशत बढीले ओरालो लाग्यो। कारोबार रकमका आधारमा माउन्टेन इनर्जी नेपाल शीर्षस्थानमा रह्यो।
सो कम्पनीको ३६ करोड बढी मूल्यको सेयर कारोबार भयो। सिटीजन लाइफ इन्स्योरेन्सको ८ करोड ,एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५ करोड मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १२ समूहको उपसूचक घटेका छन्। ६२ स्क्रिप्टको मूल्य बढ्दा १६१ को बढ्यो भने १४ को मूल्य स्थिर रह्यो।