काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिनुभएको छ ।
उहाँले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गर्नुभयो ।
अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’
उहाँले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताउनुभयो । उहाँले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राख्नुभयो ।
केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।