Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीलाई बलियो बनाएर लैजाने छुँ, अहिले काठमाडौं फर्किनुछ बिट मारे : देउवा

पार्टीलाई बलियो बनाएर लैजाने छुँ, अहिले काठमाडौं फर्किनुछ बिट मारे : देउवा

  • शनिवार, मंसिर १६ २०८०

  • 1.1K
    SHARES

  • पार्टीलाई बलियो बनाएर लैजाने छुँ, अहिले काठमाडौं फर्किनुछ बिट मारे : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताउनुभएको छ।

    बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।

    निकै छोटो बोलेका देउवाले भन्नुभयो, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पार्नुभयो । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उहाँले भन्नुभयो ।

    धेरै नेताहरूले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौं फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटक–पटक छोटो बोल्न भनेका थिए ।

    देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मार्नुभएको थियो ।


    शनिवार, मंसिर १६ २०८००५:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij