Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

निर्माण व्यवसायीले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

निर्माण व्यवसायीले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

  • शनिवार, मंसिर १६ २०८०

  • 560
    SHARES

  • निर्माण व्यवसायीले पाउनुपर्ने रकम भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीले गरिसकेको कामको रकम भुक्तानी गर्ने बताउनुभएको छ ।

    शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले गत आर्थिक वर्षको बाँकी रहेको रकम मात्रै दिनसके पनि अर्ततन्त्र चलायमान हुने र त्यसका लागि मन्त्रालय लागिपरेको बताउनुभयो ।

    ‘भुक्तानीका विषयमा हामी आफैं भुक्तमान व्यहोरिरहेका छौं । हामी आफैं माग्ने पक्ष जस्तो भएका छौं । सरकारको एउटा पार्टनर भएपनि त्यहाँ धेरै माग्नुपर्ने र लाग्नुपर्ने, लडिरहनुपर्ने, भनिरहनुपर्ने छ’ उहाँले भन्नुभयो, ‘अघिल्लो आर्थिक वर्षको रकम जुनसुकै अवस्थामा पनि जुनसुकै विकल्प रोजेर भएपनि त्यसलाई भुक्तानी दिनुपर्छ । त्यसो भयो भने फाइदा हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ ।’

    अहिले अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको मन्त्री ज्वालाले दाबी गरे ।

    ‘जसरी भयावह छ, एकदम आकाश नै खस्न थाल्यो, धर्ती नै डुब्न थाल्यो । घाँटी घाँटी नै अठ्याउन थाल्यो कि भन्ने अवस्था अलि होइन । त्यति धेरै निराशा बाँड्न पनि हुँदैन । साह्रै ठूलो अफ्ठ्यारोमा परेका छैनौं, उहाँले भन्नुभयो ।

    मन्त्री ज्वालाले लगानी सम्मेलन फलदायी बनाउन द्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको सुनाउनुभयो ।


    शनिवार, मंसिर १६ २०८००२:२१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij