काठमाडौं । कोरोना भाइरस एन्टिजेन परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृतमा मात्र कोरोना भाइरस एन्टिजेन परीक्षण गर्न पाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको नेशनल टेष्टिङ् गाइडलाइन चौथो संशोधन थप एन्टिजेन परीक्षणको मापदण्ड समेत राखिएको हो ।
एफडीए, यूएए मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागले स्वीकृत भएका किट मात्र प्रयोग गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गर्न पाउने उहाँले जानकारी दिनुभयो । कोरोना संक्रमण भए–नभएको थाहा पाउन गरिने एन्टिजेन परीक्षणको शुल्क एक हजार तोकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यो शुल्क समय अनुसार परिवर्तन गरिनेछ ।
काठमाडौं उपत्यकाको हकमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा परीक्षण गर्ने प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सम्बन्धित स्वास्थ्य कार्यालयलाई दिनुपर्ने उहाँको भनाई छ ।
एन्टिजेनमा कोरोना नेगेटिभ देखिएमा सम्बन्धित व्यक्तिलाई नै दिनुपर्ने उहाँले जानकारी दिनुभयो । यसअघि कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन पीसीआर परीक्षण गरिँदै आएको छ ।