काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । आज ( मंगलबार) दिउँसो अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले सवै पदाधिकारीलाई काठमाडौ आउन पत्र पठाएको हो ।
उनीहरुलाई बिहीबार काठमाडौ आउन पत्रमा भनिएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन भने सहइन्चार्ज यमलाल कँडेल हुन् । जसले सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध दलको नेताबाट हटाउन अविस्वास प्रस्ताव ल्याउने नेतृत्व गर्नुभएको थियो ।
त्यस्तै कर्णाली प्रदेका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा रहेका छन् । त्यस्तै सो प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौ बोलाइएको छ ।