Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

  • मंगलवार, आश्विन २७ २०७७

  • 1.3K
    SHARES

  • नेपालमा थप तीन हजार पाँच सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार पाँच सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यो अवधिमा १५ हजार पाँच सय ७७ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको छ ।

    आज १५ सय तीनजना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ७८ हजार सात सय ८० जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित निको हुने दर ६८.३ प्रतिशत रहेको बताउनुभयो । निको हुने प्रतिशत केही दिनयता निरन्तर घटेको छ ।

    हाल सक्रिय संक्रमितको संख्या ३५ हजार नौ सय १५ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार आठ सय ६७ जना रहेका छन् ।

    त्यसैगरी संक्रमितमध्ये तीन सय सातजनाको आइसियूमा र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता  गौतमले जानकारी दिनुभयो ।

     


    मंगलवार, आश्विन २७ २०७७०४:५०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij