Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाढीले डाइर्भसन भत्कायो

बाढीले डाइर्भसन भत्कायो

  • सोमवार, आषाढ २२ २०७७

  • 877
    SHARES

  • बाढीले डाइर्भसन भत्कायो

    जिल्लाको पहिलो हुलाकी सडक भनेर चिनिने मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलामा आएको बाढीले फेरि डाइभर्सन भत्काएको छ । वारिपारी कालोपत्रे रहेको सडकमा बनेको अस्थायी डाइभर्सन गेउरीया खोलामा शुक्रबार राति आएको बाढीले भत्काएपछि शनिबार देखि कानेपोखरी – रङ्गेली सडक अवरुद्ध भएको छ । डाइभर्सन भत्काएको यो तेस्रो पटक हो ।

    डाइभर्सन भत्किएपछि रङ्गेली क्षेत्रमा निर्माणका सामग्री र खाद्यान्न बोकेर जाने आउने गाडी भित्री बाटो भएर सञ्चालन हुन थालेका छन् । पुल निर्माणको जिम्मा पाएको कम्पनी आधा काम गरेर भागेपछि हाल सम्म पुल निर्माणको काम अलपत्र अवस्थामा छ । पूल बन्ने स्थानको उत्तर दक्षिण कालोपत्रे सडक छ, तर पुल बन्ने कुनै योजना छैन् –स्थानीय गोपाल खड्काले भन्नुभयो – हामीले पटक पटक भनिसक्यौं । तर, आएर नापजोख गर्ने बाहेक केही काम भएको छैन ।

    कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले ठेकदारको घर मै पुगेर पूल निर्माण गर्न अनुरोध गरे पनि ठेकदारले बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो –राजमार्गको पूल निर्माण गर्ने काम गाउँपालिकाको क्षेत्राधिकारमा पर्दैन । हामीले सम्बन्धित निकायसँग पहल गर्न छोडेका छैनौं । छिमेकी रङ्गेली नगरपालिकाका मेयरसँग समेत पुल निर्माणका विषयमा छलफल भएको काफ्लेको भनाई छ ।तत्काल सडक सुचारु गर्न सडक कालो पत्रे गरिरहेको कम्पनीसँग कुरा भइसकेको अध्यक्ष काफ्लेले बताउनु भयो । डाइभर्सन बनाएर छिट्टै सडक सुचारु गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

    पञ्चायत काल देखि नै कालोपत्रे हुने सूचीमा पर्दै आएको कानेपोखरी–रङ्गेली सडक पटक–पटक ठेक्का लागेर पनि कालोपत्रे हुन सकेको थिएन । हाल यो सडकको कानेपोखरी– दर्वेशा सम्मको २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । पूर्व–पश्चिम राजमार्गसँग बिराटनगर–रङ्गेली सडक जोड्ने जिल्ला कै सबैभन्दा पुरानो उत्तर दक्षिण सडक हो ।

    चार वर्षको अन्यौल पछि २०७४ असार ६ गते लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सनले सडक कालोपत्रे गर्ने काम सुरु गरेको हो । कुल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँमा निर्माण हुन लागेको हुलाकी राजमार्ग २४ दशमलव ४ किलोमिटर लम्बाईको छ ।


    सोमवार, आषाढ २२ २०७७०१:०२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij