Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु

  • मंगलवार, आश्विन २७ २०७७

  • 1000
    SHARES

  • कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु

    काठमाडौँ – कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    आज देशभर थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार आज १५०३ जना कोरोना संक्रमण निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७८७८० पुगेको छ। आजको पीसीआर १५५७७ छ भने क्वारेन्टिनमा ४७९५ जना रहेका छन्।  हाल आईसीयूमा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ।

    मुलुकमा हाल सक्रिय संक्रमितको सख्या ३५९१५ जना रहेका छन्। तीमध्ये १५०४८ जना संस्थागत आइसोलेसनमा र २०८६७ जना होम आइसोलेसनमा रहेका छन्। 

     


    मंगलवार, आश्विन २७ २०७७०४:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij