काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. राजन भट्टराईले प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले विदेश विभाग प्रमूखसमेत रहनुभएका भट्टराईले प्रचण्ड नेतृत्वको सरकार आएसंगै धेरै कुराहरु असफलतासंगै विदेश नितीमा पनि राम्रो नदेखिएको स्पष्ट पार्नुभयो ।
विकाशलाई गति दिने काम, अर्थतन्त्र अगाडि बढाउनुपर्ने कामहरु नभएकाले यो सरकारलाई सफल भन्ने कुनै आधार नभएको नेता भट्टराईको भनाइ छ ।
यस्तै नेपाल–भारत सम्बन्धमा पनि तात्विक प्रगती नदेखिएको बताउँदै भट्टराईले भारतले कतिपय मामलामा आफ्नो जवरजस्तीपन गरिनै रहेकाले नेपाल–भारतबीच हिजो जे समस्या थिए आज ती झन् बढेर गएको तर्क गर्नुभयो ।
लगानी, पर्यटकीयलगायत क्षेत्रमा भारतसंग अपेक्षा गरेका कुराहरु नपाएकाले पनि दुई देशबीचको सम्बन्धमा प्रगती भएको नदेखिएको उहाँले बताउनुभयो ।