Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा उच्च अंकको वृद्धि

नेप्सेमा उच्च अंकको वृद्धि

  • आइतवार, मंसिर १० २०८०

  • 747
    SHARES

  • नेप्सेमा उच्च अंकको वृद्धि
    काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार(आज) नेप्से परिसूचक ४७ दशमलव ७५ अङ्कले उकालो लागेर एक हजार ९ सय सात दशमलव  ९५ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलव ८१ म पुगेको छ।
     
    नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता सेयर दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ।
     
    नेप्सेका अनुसार, कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको ११ करोड ६६ लाख ६७ हजार दुई सय ६० बराबरको कारोबार भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु सात करोड ५६ लाख ९४ हजार पाँच सय २१, नबिल बैंक रु सात करोड ३७ लाख १२ हजार दुई सय ८०, सिटिजन लाइफ इन्स्योरेन्स ६ करोड ३४ लाख ८६ हजार तीन सय ६ र आइएमई लाइफ इन्स्योरेन्स रु पाँच करोड ९८ लाख ८३ हजार पाँच सय २४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
     
    छ्याङ्दी हाइड्रोपावर,भगवती हाइड्रोपावर,विजय लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। स्वरोजगार लघुवित्त नौ दशमलव ८९ र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले नौ दशमलव ८८ प्रतिशतले कमाएका छन्।
     
    यस्तै,इन्फिनिटी लघुवित्त दुई दशमलव ४७,एनएमबी सुलभ इन्भेक्ष्टमेन्ट फण्ड दोस्रो,आशा लघुवित्त दुई दशमलव ४४,आत्मनिर्भर लघुवित्त दुई दशमलव ३९ र नबिल डिवेञ्चरका लगानीकर्ताले एक दशमलव ९९ प्रतिशतले गुमाएका छन्। 


    आइतवार, मंसिर १० २०८००३:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij