Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बजेट कार्यान्वयनमा कुनै शंका नगर्न मुख्यमन्त्री कार्कीको आग्रह

बजेट कार्यान्वयनमा कुनै शंका नगर्न मुख्यमन्त्री कार्कीको आग्रह

  • आइतवार, मंसिर १० २०८०

  • 1.3K
    SHARES

  • बजेट कार्यान्वयनमा कुनै शंका नगर्न मुख्यमन्त्री कार्कीको आग्रह

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूणर्रूपमा कार्यान्वयन हुने बताउनु भएको छ।

    आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट अध्यादेश प्रतिस्थापन विधेयक शनिबारको प्रदेश सभा बैठकमा पेश गर्नुभएको थियो ।

    अध्यादेशमा रहेको भन्दा ५० करोड आकार बढाउँदै उनले ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गर्नुभएको थियो ।आज पत्रकारहरुसँगको भेटमा मुख्यमन्त्री कार्कीले बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्नुभयो ।

    प्रतिस्थापन विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जंगल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने लगायतका कार्यक्रम समावेश छन् ।

    यसैगरी विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको व्याज मिनाहा गर्ने लगायतका कार्यक्रम पनि समेटिएका मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।


    आइतवार, मंसिर १० २०८०१२:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij