Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणवाट थप ५ जनाको मृत्युु

नेपालमा कोरोना संक्रमणवाट थप ५ जनाको मृत्युु

  • मंगलवार, आश्विन २७ २०७७

  • 710
    SHARES

  • नेपालमा कोरोना संक्रमणवाट थप ५ जनाको मृत्युु

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मोरङका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको हो । बूढीगंगा गाउँपालिका–५ का ती वृद्धको बिहान मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुुभयो ।

    यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिनुुभयो ।यसैगरी, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ वांगला निवासी एक वृद्ध महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

    सन्धिखर्क ४ वांगलाको पोखरा निवासी ७९ वर्षीया महिलालाई श्वास प्रस्वासमा समस्या आएपछि हिजो बिहान उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल लगिएको थियो। उनको उपचारकै क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटबलमा मृत्यु भएको स्थानीय रामजी भट्टराईले जानकारी दिनुुभयो । उपचारको सिलसिलामा गरिएको कोरोना परीक्षणमा उहाँलाई कोरोना संक्रमण देखिएको हो। काठमाडौंमा बसोबास गर्ने उहाँको परिवार दशैं मनाउन भन्दै दुई हप्ता अघि घर गएको थियो ।

    यसैबिच, चितवनमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारका क्रममा गयराति मृत्यु भएको हो ।

    यस्तै रूपन्देहीको तिलोत्तमा १५ की ३५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्या रहेकी उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो।


    मंगलवार, आश्विन २७ २०७७१२:२१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij