Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘एक पटक असफल भइसकेका राजा फेरि चाहिन्छ भन्नु लज्जास्पद’

‘एक पटक असफल भइसकेका राजा फेरि चाहिन्छ भन्नु लज्जास्पद’

  • शनिवार, मंसिर ९ २०८०

  • 649
    SHARES

  • ‘एक पटक असफल भइसकेका राजा फेरि चाहिन्छ भन्नु लज्जास्पद’
    काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले दुर्गा प्रसाईंको आन्दोलनबाट कुनै परिवर्तन नहुने ठोकुवा गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो,‘पक्कै पनि जनतामा प्रमुख दलहरूले काम गर्न सकेनन् भनेर केही आक्रोश, असन्तुष्टि र निराशा छ । तर अहिलेको आन्दोलनबाट ठूलो परिवर्तन हुने संकेत केही देखिँदैन । कुनै सिद्धान्त र विचार नभएकाहरू राजाको नाममा राजनीति गर्न खोजिरहेका छन् । पूर्वराजा ज्ञानेन्द्र आफैंले म सक्दिन भनेर सत्ता छाडेको हो । जनताको नासो स्वतः जनतालाई नै बुझाउनुपर्छ भनेर बहिर्गमन गरेको हो । एक पटक असफल भइसकेको मान्छे फेरि चाहिन्छ भन्नु लज्जास्पद हो ।’ 
     
    नेता रायमाझीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईंलाई कार्यक्रम गर्न दिनुपर्ने औंल्याउनुभयो । उहाँले जो कसैलाई सभा सम्मेलन गर्ने अधिकार दिनुपर्ने बताउँदै हिजो हामी त्यसैका लागि लडेको र आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकार उल्लंघन गर्नुहुने प्रष्ट पार्नुभयो ।
     
    राजनीतिक दलहरूले राष्ट्रिय सभालाई ‘डम्पिङ साइट’ बनाइरहेको आरोप पनि उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभालाई हामीले अलिकति संवेदनशील भएर हेर्नुपर्छ । राष्ट्रिय सभामा प्रतिनिधिसभामा नउठेका कतिपय कुरा उठाउन सक्ने, सत्तापक्ष र प्रतिपक्ष नभनीकन सौहार्द रुपमा आफ्ना विचार राख्न सक्ने, विधेयक अध्ययन गर्ने अनि समय दिन सक्ने मान्छे चाहिन्छ । प्रतिनिधिसभामा हारेका, पटकपटक परीक्षण भएर थोत्रिसकेका नेताहरू व्यवस्थापन गर्ने डम्पिङ साइट होइन, बनाउनुहुँदैन । यो सम्मानित सदन हो ।’
     
    फागुन २० बाट पदावधि सकिने १९ सदस्यको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार रहने पनि रायमाझीले बताउनुभयो । 
     


    शनिवार, मंसिर ९ २०८००९:५३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij