Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विराटनगर र चितवनमा थप तिनजना कोरोना संक्रमितको मृत्यु

विराटनगर र चितवनमा थप तिनजना कोरोना संक्रमितको मृत्यु

  • मंगलवार, आश्विन २७ २०७७

  • 951
    SHARES

  • विराटनगर र चितवनमा थप तिनजना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं। नेपालमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित बृद्धको उपचारका क्रममा मृत्यु भएको छ।

    केन्द्रका संयोजक वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार मोरङको बुढीगंगा गाँउपालिका ५ का ७१ वर्षीय बृद्धको आज मंगलबार उपचारका क्रममा मृत्यु भएको हो ।

    यसैबिच, चितवनमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

    उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा गयराति मृत्यु भएको हो ।

    यस्तै रूपन्देहीको तिलोत्तमा १५ की ३५ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक लम्सालका अनुसार श्वासप्रश्वासको समस्या रहेकी उनको उपचारका क्रममा हिजो मृत्यु भएको हो ।

     


    मंगलवार, आश्विन २७ २०७७१०:१८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij