Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  • शनिवार, मंसिर ९ २०८०

  • 601
    SHARES

  • आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार(आज) बिहानसम्म देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागको मौसम सामान्यतया सफा रहेको छ।
     
    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू—भागमा आंशिक बदली रही देशका बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    महाशाखाका अनुसार आज राति कर्णाली र  सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू—भागमा आंशिक बदली रही देशको बाँकी भू—भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू—भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    शनिवार, मंसिर ९ २०८००६:०९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij