काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी एकता गर्ने नेसपाको निर्णयलाई स्वागत गर्नुभएको छ ।
बुधबार काठमाडौंको जडिबुटीमा बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी घटकसँग एकता र धुर्वीकरण गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
माओवादीसँग तत्काल एकता गर्न अध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । उक्त निर्णयको स्वागत गर्दै छिट्टै पार्टीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाउने जानकारी उहाँले दिनुभयो ।
गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र बाबुरामबिच भेटवार्तामा शीर्ष नेतृत्वमै एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।