काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अप्रेशन नगर्न निर्देशन दिएको छ ।
लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो।
यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आइसियू र भेन्टिलेटर बेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
‘आकस्मिक बाहेकका नियमित अप्रेशनहरु हाललाई नगर्न र संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्रै गर्न उपत्यकाका सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ’, गौतमले भने।