Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर ४०४७ जनामा कोरोना संक्रमण

देशभर ४०४७ जनामा कोरोना संक्रमण

  • सोमवार, आश्विन २६ २०७७

  • 801
    SHARES

  • देशभर ४०४७ जनामा कोरोना संक्रमण

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको जानकारी दिए।

    जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले बताए।

    नयाँ संक्रमितमध्ये २२८३ जना काठमाडौँ उपत्यकाका छन् ।


    सोमवार, आश्विन २६ २०७७०४:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij