काठमाडौं।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ ।
दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचेनीमा स्थानीयवासीसँग भेट गर्नुहुँदै मन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताउनुभयो ।
निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको भन्नुहुँदै आगामी दिनमा थप काम हुने बताउनुभएको छ ।
बंगलाचुली आफ्नो निर्वाचन क्षेत्र पनि भएको र निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको बताउनुभयो ।
आफुले निर्वाचन जितेपछि आफ्नो क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको भन्नुहुँदै आगामी दिनहरुमा पनि विकास निर्माणका कामहरु हुने जानकारी दिनुभयो ।