Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टिकटक बन्द भएपछि बालेनको यस्तो प्रतिक्रिया

टिकटक बन्द भएपछि बालेनको यस्तो प्रतिक्रिया

  • मंगलवार, कार्तिक २८ २०८०

  • 1.3K
    SHARES

  • टिकटक बन्द भएपछि बालेनको यस्तो प्रतिक्रिया

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताउनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत मेयर शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गर्नुभएको हो । टिकटक मात्र नभई अन्य सामाजिक सञ्जाललाई अनुगमन, नियमनमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।

    करको दायरामा ल्याएर गलत गर्नेलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न सरकारलाई उहाँको आग्रह छ । टिकटकबाट हुने भिडिओ दुरुपयोगमा आफू पनि पीडित भएको शाहले बताउनुभएको छ ।

    ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।’

    नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उहाँले बताउनुभयो । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताउनुभयो ।

    साथै खनयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको उहाँको भनाइ छ।


    मंगलवार, कार्तिक २८ २०८००४:१६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij