Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणवाट थप ३ जनाको मृत्युु

कोरोना संक्रमणवाट थप ३ जनाको मृत्युु

  • सोमवार, आश्विन २६ २०७७

  • 986
    SHARES

  • कोरोना संक्रमणवाट थप ३ जनाको मृत्युु

    काठमाडौं । कोरोना संक्रमणवाट थप ३ जनाको मृत्य भएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज सोमवार बिहान एकजना संक्रमितको मृत्यु भएको छ ।

    देवदह–१० का ७९ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुुभएको छ । उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

    यसैबिच, विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित सुनसरीका एक पुरुषको सोमवार बिहान मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिनुुभयो ।

    चिकित्सकलाई उद्धृत गर्दै दाहालले बताए अनुसार मृतकका दुवै मृगौलामा पहिल्यैदेखि समस्या थियो। दाहालका अनुसार नोबेलको कोभिड अस्पतालमा उपचाररत नौ जना संक्रमितको हालसम्म मृत्यु भइसकेको छ। ४४ जना संक्रमित उपचाररत रहेकोमा नौ जनाको अवस्था गम्भीर छ।
    यसैबिच , भरतपुर अस्पतालमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुुभयो । उनको उपचारका क्रममा आईतवार साँझ मृत्यु भएको हो ।


    सोमवार, आश्विन २६ २०७७०९:५१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij