Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

  • आइतवार, आश्विन २५ २०७७

  • 1.0K
    SHARES

  • शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

    काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि गएराति पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री पोखरेलमा कोरोना देखिएको हो ।

    मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले मन्त्रीमा कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको छ ।उहाँले अहिले मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको डाक्टरहरुले जानकारी दिएको बताउनुभयो ।मन्त्रीमा कोरोना संक्रमण देखिएपछि सचिवालय र मन्त्रालयका अन्य कर्मचारीको स्वाब परीक्षणको तयारी भइरहेको छ ।

    यसअघि शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।


    आइतवार, आश्विन २५ २०७७०५:०१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij