Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नलगाडको दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो

नलगाडको दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो

  • शनिवार, कार्तिक १८ २०८०

  • 862
    SHARES

  • नलगाडको दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो

    काठमाडौं । भूकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली नगर अस्पतालमा घाइतेको उपचारमा समस्या भएको छ ।

    नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले सीमित स्रोत साधनबाट उपचारमा कठिन भएको बताउनुभयो । हाल उक्त अस्पतालमा ५० भन्दा धेरै घाइतेको उपपचार भइरहेको छ । उहाँका अनुसार गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णार्ली प्रादेशिक अस्पताल, सुर्खेतमा पठाइएको छ ।

    ‘१५ शय्याको अस्पतालमा अहिले ५० जनाभन्दा बढी राखेर उपचार भइरहेको छ । बिरामी राख्ने ठाँउ छैन’, उनले भन्नुभयो, ‘घाइते बिरामीलाई भुइँङ्गा राखेर उपचार गराइरहेका छौं ।’

    अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।

    घाइतेको संख्या अझै बढिरहेको र प्राथमिक उपचार गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अक्सिजन सिलिन्डरको अभाव हुने देखिएको छ ।

    अहिले विद्युतीय अक्सिजनको प्रयोग भइरहेको छ । सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेको अस्पतालमा बेडको समेत अभावले उपचारमा कठिनाइ देखिएको उहाँले बताउनुभयो ।


    शनिवार, कार्तिक १८ २०८००२:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij