Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने

टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने

  • बिहिवार, कार्तिक १६ २०८०

  • 1.7K
    SHARES

  • टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने

    काठमाडौं। टी–२० विश्वकपमा छनोट हुन नेपालले युएईसँग खेल्नुपर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो ।

    समूह विजेता बन्ने लक्ष्यसहित बिहीबार मैदान उत्रिएको नेपालले ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन सकेन । उता मूलपानीमा भएको समूह बीको खेलमा भने युएईले हङकङलाई २२ रनले हरायो ।

    जितसँगै युएई समूह विजेता बनेकाले भोलि नेपालसँग फाइलनका लागि खेल्ने निश्चित गरेको हो ।१७७ रनको लक्ष्य पछ्याएको हङकङ ८ विकेट गुमाएर १५४ रनमा समेटियो ।

    एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।

     


    बिहिवार, कार्तिक १६ २०८००१:१०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij