Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

किन आयो मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की ?

किन आयो मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की ?

  • शनिवार, कार्तिक ११ २०८०

  • 1.5K
    SHARES

  • किन आयो मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की ?

    काठमाडौं। भारतका मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ। एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ माग गरेको र नतिरेको खण्डमा ज्यान मार्ने धम्की दिएका हुन्।

    मुम्बई पुलिसका अनुसार इमेलमा भनिएको छ, ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,।’

    शादाब खान नामका व्यक्तिले हिजो यस्तो इमेल पठाएका प्रहरीले जनाएको छ। मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन ।

    गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो। उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।

    यसअघि २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो ।

     


    शनिवार, कार्तिक ११ २०८००४:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij