Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मुलुकको खस्किँदो अर्थतन्त्रले हरेक क्षेत्रमा प्रभाव, चाडबाडको उल्लासमा खुसी छैनन् व्यापारी (खासखबर)

मुलुकको खस्किँदो अर्थतन्त्रले हरेक क्षेत्रमा प्रभाव, चाडबाडको उल्लासमा खुसी छैनन् व्यापारी (खासखबर)

  • सोमवार, आश्विन २९ २०८०

  • 533
    SHARES

  • मुलुकको खस्किँदो अर्थतन्त्रले हरेक क्षेत्रमा प्रभाव, चाडबाडको उल्लासमा खुसी छैनन् व्यापारी (खासखबर)

    काठमाडौं । नेपालीहरुको महान चाड बडादशैको आज दोस्रो दिन । घरघरमा ब्रह्मचारायणीको पूजाअर्चना गरी मनाइँदै छ । दशैँको रौनकले सबैमा खुसीयाली छाएपनि बढ्दो महंगी, व्यापार व्यवसाय स्थिर हुँदा नागरिक र व्यापारीहरु तनावमा देखिन्छन् ।

    दशैँका लागि चाहिने अतिआवश्यक वस्तुहरुमा महंगी र कालोबजारी बढ्दा नागरिक हैरान छन् । मुलुकको अर्थतन्त्रमा आएको गिरावटले हरेक क्षेत्रलाई असर गरिरहेको छ । यतिबेला व्यापारीहरु आफूसँग थन्किएका वस्तुहरु सस्तोमा बेच्न बाध्य छन् । बजारमा भिड देखिएपनि व्यापारमा ह्रास आएको छ ।

    मुलुकको अर्थतन्त्रलाई लिएर राजनीतिक नेतृत्वमा समेत छलफल बहस हुने गरेको छ । निर्यात भन्दा आयातमुखी अर्थतन्त्र र उत्पादनमा समेत गिरावट आउँदा समस्या बल्झिएको छ । सरकारसँग गतिलो नीति नहुँदा र भएको नीति पनि सही रुपमा कार्यान्वयन नभएपछि अर्थतन्त्रले गति लिन सकेको छैन । अर्थविद् जनक शाहका अनुसार अर्थतन्त्रको आधार रेमिट्यान्स भएकोले यो पनि कहिलेसम्म भन्ने निश्चितता नहुँदा थप चुनौ देखिन्छ ।

    आन्तरिक उत्पादन घट्दा अत्यावश्यक वस्तुहरुपनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । कृषिप्रधान मुलुक भनिएता पनि यहाँको बजार विदेशसँग निर्भर रहेको छ । आयात नबढ्दा राजश्वमा गिरावट आउने खतरा हुन्छ ।

    पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि नेपालको अर्थतन्त्र नउकासिने गरी फस्दै गएको दाबी गर्नुभएको छ । अर्थतन्त्र खस्किँदै जाँदा पनि कसैले चिन्ता नलिनु थप ठूलो चिन्ता र चुनौती रहेको उहाँको भनाइ छ । अर्थतन्त्रका अवयवहरु चलायमान नहुँदा नागरिकदेखि व्यापारीसम्म असर गरेको उहाँको भनाइ छ ।

    मुलुकको खस्किँदो अर्थतन्त्र र नागरिकसँग आर्थिकोपार्जन नहुँदा यसपालीको दशैँ धेरैका लागि महंगो हुने देखिएको छ । बजार महंगिदा नागरिकको भान्सा पनि महंगिएको छ । नागरिकलाई सहुलियका लागि राज्यको उचित नीति कार्यान्वयनमा नआउँदा यो समस्या वर्षेनी बल्झिँदै गएको छ ।


    सोमवार, आश्विन २९ २०८००७:३९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij