Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ गजलकार कमल अर्याललाई

यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ गजलकार कमल अर्याललाई

  • आइतवार, आश्विन २८ २०८०

  • 821
    SHARES

  • यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ गजलकार कमल अर्याललाई

    काठमाडौं । यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार’ गजलकार कमल अर्यालले पाउनुभएको छ । हिजो शनिबार भरतपुरमा आयोजित कार्यक्रममा चितवन रत्ननगरका अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    पुरस्कार राशि २५ हजार रूपैयाँ छ । गजल मञ्च चितवनले मञ्चका अध्यक्ष रहेका बेलामा नै दुई वर्षअघि निधन भएका द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको हो ।

    मञ्चले गत वर्षदेखि उक्त पुरस्कार दिन सुरू गरेको हो । गत वर्ष गजलकार मुक्त उदासले उक्त पुरस्कार पाएका थिए ।

    पुरस्कृत गजलकार अर्यालका गजलसम्बन्धी चारवटा संयुक्त कृति प्रकाशित छन् । तीनवटा एकल गजलसंग्रह र एउटा नियात्रासंग्रह पनि उहाँले प्रकाशन गरेको पुरस्कार वितरण कार्यक्रममा जानकारी दिएका छन् ।

     


    आइतवार, आश्विन २८ २०८०११:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij