Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका कारण दुई दिनमा तीन वकिलको निधन, कानुन व्यवसायीहरु स्तब्ध

कोरोनाका कारण दुई दिनमा तीन वकिलको निधन, कानुन व्यवसायीहरु स्तब्ध

  • शनिवार, आश्विन २४ २०७७

  • 5.0K
    SHARES

  • कोरोनाका कारण दुई दिनमा तीन वकिलको निधन, कानुन व्यवसायीहरु स्तब्ध

    काठमाडौँ । कोरोना भाइसको संक्रमणका कारण ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष एवं अधिवक्ता दीपकबहादुर विष्टको निधन भएको छ।

    ललितपुरकै गोदावरी नगरपालिका ९, छम्पी निवासी विष्टलाई शुरुमा रुघाखोकी लागेकोमा त्यसपछि निमोनिया भएर अस्पताल भर्ना गरिएको थियो । त्यही बेलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यही असोज १३ गते ललितपुरकै मेडिसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेकोमा हिजो राती उहाँको मृत्यु भएको हो । कानुन व्यवसायीहरुका बीचमा लोकप्रिय ४६ वर्षीय अधिवक्ता विष्टको विरामी भएको १२ दिनमा निधन भएको परिवारजनले जनाएका छन् ।

    त्यसैगरी विराटनगर उच्च अदालत वार एशोसिएशन पूर्व अध्यक्ष रामबहादुर निरौला र पाटन उच्च अदालत वार एशोसिएशन पूर्व सदस्य अधिवक्ता श्रीराज कोइरालाको पनि कारोनाकै कारण निधन भएको छ । उहाँहरुको निधनप्रति नेपाल बार एसोसिएसन, डेमोक्र्याटिक लयर्स एसोसिएसन(डिएलए) नेपाल र कानुन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।

    डिएलएकी महासचिव लक्ष्मीदेवी दाहाल रावलले हिजो र अस्ती दुई दिनमा तीन जना कानुन व्यवसायी साथीहरुलाई अल्पायुमै गुमाउँनु पर्दा अत्यन्त पीडाबोध भएको उल्लेख गर्नुभएको छ।

    उहाँले लेख्नु भएको छ, “स्तब्ध अनी अत्यन्तै दुखदायी र नरमाइलो क्षण...मृत्यु सत्य हो सबैलाइ थाहा छ, तर यस्तो दुःखदपुर्ण मृत्युको खवरप्रति विश्वासै लागिरहेको छैन ।”

    उहाँले मृतक कानुन व्यवसायी सहकर्मीहरुको भौतिक शरीर यो संसारमा नरहेपनि उहाँहरुको आत्माले सधैं शान्ती पाओस् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएको छ ।


    शनिवार, आश्विन २४ २०७७०८:४८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij