Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • शनिवार, आश्विन २४ २०७७

  • 530
    SHARES

  • चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    चितवन । चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् ।

    भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

    इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।


    शनिवार, आश्विन २४ २०७७०७:२२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij