Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा २०.१६ अं‌कको गिरावट

नेप्सेमा २०.१६ अं‌कको गिरावट

  • बिहिवार, आश्विन २५ २०८०

  • 810
    SHARES

  • नेप्सेमा २०.१६ अं‌कको गिरावट
    काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार(आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव १६ अंकले घटेर एक हजार आठ सय ७४ दशमलव ६० को विन्दुमा कायम भएको हो।
     
    आज दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा एक अर्ब ७० करोड एक लाख २९ हजार आठ सय १५ बराबरको कारोबार भएको छ। कारोबार पछि कूल बजार पुँजीकरण २८ खर्ब ७२ अर्ब नौ करोड ९७ लाख ५७ हजार चार सय ९३ कायम भएको छ।
     
    आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढ्दा अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक तीन प्रतिशत, निर्जीवन बीमा समूह एक दशमलव ५२ प्रतिशत र जलविद्युत् समूहको उपसूचक एक दशमलव ५९ प्रतिशतले घटेको छ।
     
    आजको कारोबारमा २३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। जसमध्ये दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मध्य सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। सबैभन्दा धेरै मूल्य घट्नेमा भने सिटी होटेल लिमिटेडको शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको हो।
     
    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेड प्रमोटर शेयर १६ करोड ३८ लाख ४८ हजार चार सय बराबरको १६ लाख ३८ हजार चार सय ८४ कित्ता शेयर किनबेच भएको छ।


    बिहिवार, आश्विन २५ २०८००५:१५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij