Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रको समस्या समाधानका लागि सरकार उच्चस्तरीय संयन्त्र बनाउन तयार छ : प्रधानमन्त्री

अर्थतन्त्रको समस्या समाधानका लागि सरकार उच्चस्तरीय संयन्त्र बनाउन तयार छ : प्रधानमन्त्री

  • बिहिवार, आश्विन २५ २०८०

  • 615
    SHARES

  • अर्थतन्त्रको समस्या समाधानका लागि सरकार उच्चस्तरीय संयन्त्र बनाउन तयार छ : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनु भएको छ।

    नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो ।

    ‘अर्थतन्त्रको समस्या समाधान गर्न उच्चस्तरीय संयन्त्र बनाउन म सहमत छु । हामी सरकामा पनि सल्लाह गर्छाैं,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्र, सरकार, विज्ञ, अर्थमन्त्रालय, राष्ट्र बैंक, प्रधानमन्त्री कार्यालयबाट सहभागी हुनेगरी यस्तो संयन्त्रको खाँचो छ ।’

    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सुधारका लागि मेजर अप्रेसन गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो। सरकारले आगामी वर्षको नीति निर्माणमा छलफल सुरु गरेको भन्दै निजी क्षेत्रले सुरु गरेको बहसले थप मद्दत मिल्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।


    बिहिवार, आश्विन २५ २०८०१२:३७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij